आयरल्यान्डसँग सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’

काठमाडौं । शुक्रबार भएको पहिलो टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग पराजित नेपाल ‘ए’ले शनिबार दोस्रो खेल खेल्दैछ । यो खेल शनिबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ ।

घरेलु मैदानमा पहिलो खेलमा लोकेश बमले शतक प्रहार गर्दासमेत पराजित भएको नेपाल दोस्रो खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने छ । शुक्रबार आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।

नेपाल र आयरल्यान्ड ‘ए’ले तीन तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्नेछन् । टी-२० सिरिजको अन्तिम खेल आइतबार हुनेछ । पहिलो खेल पराजित नेपालमाथि बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ । एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ । उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *