वैशाखमा ‘कर्पोरेट सुपर सिक्सेस सिजन–७’ हुने

काठमाडौँ । कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा आगामी वैशाख २३ देखि २८ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । शुक्रवार पत्रकार सम्मेलनमार्फत आयोजकले तीन वर्षपछि सातौँ सिजन गर्न लागेको जानकारी दिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा कुल २४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा पाँच ओभरमा खेलाइनेछ । लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिए । एसएस इभेन्ट्स प्रा.लि.का निर्देशक सुमित रौनियारले सो प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने बताए ।

निर्देशक रौनियारले अब छिट्टै उमेर समूहका प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने योजना सुनाए । सन् २०१४ सुरु कर्पोरेट सुपर सिक्सेस हुँदै आएको छ । छैटौँ सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आए पनि सातौँ सिजनदेखि नेकोस जोडिएको हो ।

शुक्रवार पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लभ घोषबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो । छैटौँ संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौँ सिजन भने लामो समयसम्म हुन सकेन ।

यस सिजनको विजेता र उपविजेताले ट्रफी तथा गिफ्ट ह्याम्पर पाउनेछन् । प्रतियोगिताका प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पुरस्कार पाउनेछन् ।

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ । व्यावसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए । तर ती क्रिकेटरले सम्बन्धित कर्पोरेट हाउटमा पछिल्ला ६ महिनादेखि काम गरेको हुनुपर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *