भृकुटीमण्डपमा सुरुभयो ‘नेशनल हर्टिकल्चर एक्स्पो २०८०’ (तस्बिरहरू)

काठमाडौँ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारा सहित आज (शुक्रवार) देखि नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको हो ।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ । साथै मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको स्टल समेत रहेको देख्न सकिन्छ ।

मेलामा ७४ वटा व्यवसायीक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको लागी ५ वटा स्टल सहित ८८ वटा स्टल रहेका छन् ।

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० लाग्ने छ । मेला चैत्र १६ गतेदेखि १९ गते सम्म सञ्चालन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *