बारीमा घाँस काट्दाकाट्दै दम्पतीबीच विवाद, हँसियाले हानेर श्रीमतीको हत्या

काठमाडाैं । रौतहटमा एक श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । वृन्दावन नगरपालिका-१ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइवाले हँसिया प्रहार गरी आफ्नी श्रीमती ३५ वर्षीय सोतीमाया वाइबाको हत्या गरेका हुन् ।

बुधबार आफ्नै बारीमा घाँस काट्ने क्रममा श्रीमान-श्रीमतीबीच विवाद हुँदा तीर्थले सोतीमायाको घाँटीमा हँसिया प्रहार गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गरुडाका डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

श्रीमतीको हत्यापछि तीर्थले आँगनमा आएर आफू पनि मर्छु भन्दै घाँटीमा हँसियाले रेटेको उनले बताए । तीर्थलाई पक्राउ गरिएको तथा उनको अवस्था सुधारोन्मुख रहेको खनालले बताए । तीर्थले मदिरा समेत सेवन गरेको खुलेकाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *