नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग खेल्ने

काठमाडौँ । नेपाल ए क्रिकेट टिमले आयरल्याण्ड वोल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । टियु मैदानमा हुने यो खेल अपराह्न एक बजेदेखि सुरु हुँदै छ ।

नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम : विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *