सुनकोसीमा बेपत्ता तीनैजना बालबालिकाको शव फेला


सुनकोसी नदीमा बेपत्ता तीन बालबालिकाको शव भेटिएको छ । आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४, ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीन बालबालिका बेपत्ता भएका थिए ।
उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने बजारका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको शव फेला पारिएको हो।
काठमाडौं । सुनकोसी नदीमा बेपत्ता तीन बालबालिकाको शव भेटिएको छ । आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४, ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीन बालबालिका बेपत्ता भएका थिए ।
उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने बजारका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको शव फेला पारिएको हो ।
बेपत्ता बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर १ बराहबाहिनी पकलीका प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा गोताखोरको टोली र नेपाल प्रहरीसँगै स्थानीय जुटेका थिए ।
