गुजरात टाइटन्सका कप्तान गिललाई १९ लाख जरिवाना

काठमाडौं । गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १९ लाख २४ हजार रुपैयाँ जरिवना तोकिएको छ ।

आईपीलमा मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्वलो ओभर रेटमा उनि कारबाहीमा परेका हुन् ।

गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि गिलले कप्तानी सम्हालेका छन् ।

हिजो भएको खेलमा चेन्नईले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *