उपनिर्वाचन : नेकपा एसले इलाममा राई र बझाङमा सिंहलाई टिकट दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ । सो पार्टीले प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको हो ।

तर औपचारिक निर्णय गर्न भने बाँकी छ । ‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ’, एक नेताले भने, ‘भरेभोली पार्टीले औपचारिक निर्णय गर्छ ।’उपनिर्वा

चनमा सत्ता गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ । एमाले, माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *