इलाम २ उपनिर्वाचनमा कोशी प्रदेश कांग्रेसले ७ आकांक्षीका नाम केन्द्रमा पठायो

नेपाली कांग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको छ।

प्रदेश सभापति उद्धव थापाले क्षेत्र, जिल्ला हुँदै प्रदेशमा सिफारिस भएका ७ जनाको नाम केन्द्रमा पठाइएको जानकारी दिए।

५ जना पुरूष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको हो।

भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार थिए। तत्कालीन सत्ता गठबन्धनले खड्कालाई समर्थन गरे पनि उनी नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका उम्मेदवार सुवास नेम्वाङसँग पराजित भएका थिए।

गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यो क्षेत्र रिक्त छ। यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *