आईपीएल : दिल्लीमाथि रोमाञ्चक जित हासिल गर्दै पञ्जाबको विजयी सुरूवात

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलमाथि रोमाञ्चक जित हासिल गर्दै पञ्जाब किंग्सले विजयी सुरूवात गरेको छ। शनिबार सम्पन्न आफ्नो पहिलो खेलमा दिल्लीलाई पञ्जाबले ४ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभर सकिन ४ बल बाँकी छँदा ६ विकेट गुमाउँदै १७७ रन बनायो।

लिविंगस्टनले अविजित रहँदै ३८ रन बनाए। उनले २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। हरप्रीत सिंह २ रनमा अविजित रहे।

पञ्जाबका सैम कुरनले सर्वाधिक ६३ रन बनाउँदा प्रभसिमरन सिंह २६, ओपनर तथा कप्तान शिखर धवन २२ रनमा आउट हुँदा जोनी बेयरस्टो र जितेश शर्माले ९/९ रन बनाए।

शशांक सिंहले भने खाता खोल्न सकेनन्। दिल्लीका कुलदीप यादव र खलील अहमदले २/२ विकेट लिए। इशान्त शर्माको नाममा १ विकेट रह्यो।

त्यसअघि महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनायो।

दिल्लीका शाई होपले सर्वाधिक ३३ रन बनाए। उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरे। अभिषेक पोरेल ३२ रनमा अविजित रहे।

ओपनर डेविड वार्नर २९, अक्षर पटेल २१, मिचेल मार्श २० र कप्तान ऋषभ पन्त १८ रनमा आउट भए। अन्यले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पञ्जाबका अर्शदीप सिंह र हर्षल पटेलले २/२ विकेट लिए। कागिसो रबाडा, हरप्रीत बराड र राहुल चाहरको नाममा १/१ विकेट रह्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *