मधेसमा एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रीपरिषद् पुनर्गठन

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।

शनिवार पुनर्गठन गरिएको मन्त्रीपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानूनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गर्नुभएका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई शनिवार नै प्रदेश प्रमुख सुमित्रा भण्डारी भण्डारीले शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैसँगै राखेका छन् ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =