एमाले नआएपनि समाजवादी मोर्चा अगाडी बढ्छ : पम्फा भुसाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा (एमाले) नआएपनि मोर्चा कायम रहने बताएकी छन् ।
शुक्रवारउपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा९एमाले० सहभागी नभए पनि मोर्चा कायम रहने बताएकी हुन् । उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् ।
उनले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुनु नहुने बताइन् । उनले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत् हुनसक्ने बताइन् । उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुनु नहुने बताइन् ।
उनले भनिन् ‘अहिले फेरि नयाँ सहकार्य थालनी भयो । अहिलेको सहकार्यमा समाजवादी मोर्चामा नभएकामध्ये नयाँ दलहरू हुनुहुन्छ । त्यसैले उहाँहरूसँग पनि समझदारी गरेर यसलाई अगाडी बढाउने कुराको, विद्यमान मोर्चा अगाडी बढाउने कुरा पनि भयो । सम्भव भयो भने अरु पनि सहभागी हुन सक्नुहुन्छ । तर सरकारमा एक ठाउँ हुने, मोर्चा अर्को ठाउँमा हुँदाखेरि आपसमा कुनै त्यस्तो असमझदारी नहोस् भन्नलाई छलफल नभइसकेको बेला रहेछ । हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीले एकचोटी नेकपा९एमाले०का अध्यक्षसँग पनि छलफल गर्नुहुन्छ । त्यसपछि हामी संयुक्त मोर्चामा रहन पनि सक्छौँ । अथवा सरकारमा सहकार्य त हाम्रो छदैछँ । त्यसले मोर्चाको कामलाई अगाडी बढाउँदा कुनै कन्फ्युजन नहोस् भन्नका लागि वातावरण बनाउनका लागि छलफल भएको हो । मोर्चा छ । यसको औचित्यता छ । आवश्यकता छ । यसमा अहिले सरकारमा भएका र नभएकाहरूको सहभागिता छ । तर एउटा वाम, समाजवादी हुनुको नाताले आउनुभयो भनेपनि९एमाले० ठिकै छ । तर नआएपनि हामी यो मोर्चालाई अगाडी बढाउँछौँ । यसको उद्देश्य यो हो भनेर आपसी असमझदारी सरकारमा एक ठाउँमा हुने मोर्चामा नहुँदाखेरीको कुनै कन्फ्युजन नहोस् भन्नलाई पनि यो बारेमा छलफल भएको हो । एमालेसँग पनि छलफल गरेर एउटा समझदारी बनाएपछि वृहत् खालको पनि हुनसक्ने भयो । भएन भनेपनि हामी फेरी यसलाई अगाडी बढाउँछौँ ।’
उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूका बीचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन् । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरूप काम गरिरहेको उनले जानकारी दिए । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उनको भनाई छ ।
उनले भने ‘यसले समाजवादको आधार तयार पार्ने, त्यो प्रकारका नीति, कार्यक्रम बनाउने यसको एउटा उद्देश्य हो । अर्को चाहिँ तलैसम्म मोर्चा बनाएर लिएर गएर धरातलसम्म पु¥याउने र काहीँ एउटा सन्दर्भमा गएर साझा नीति, कार्यक्रममा सहमति हुँदै गए त सहकार्यले फेरी हामीलाई एउटै संगठन बनाउनेमा पनि जानसक्छ । समान धारणा भएका, छरिएर बसेका शक्तिहरु एक ठाउँ, एउटा मोर्चामा आएर समान बुझाइ, समान कार्यबाट अगाडी बढ्ने बनाएर समाजवादलाई प्रचारप्रसार गर्ने र जनतामा जाने । जस्तो अहिले समाजवादी मोर्चामा भएका तीन वटा घटक सरकारमा छौँ हामी । समाजवादको आधार तयार पार्ने कस्ता नीतिहरू तयार हुने रु सरकारको नीति, कार्यक्रम, बजेट आउँदै छ । त्यसकारण त्यतापट्टि लक्षित गरेर फेरि सरकारका नीति, कार्यक्रम बनाउन फिटब्याक दिने कुरा पनि हुनेभयो । आम जनतालाई समाजवादको आन्दोलनमा सङ्गठित गर्ने साझा मोर्चा पनि हो ।’
उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा सङ्गठित साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको पनि बताइन् । उनले आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताइन् ।








