दिल्लीका मुख्यमन्त्री अन्तःशुल्क नीति घोटालाको आरोपमा पक्राउ

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । २०२१ मा भएको अन्तःशुल्क नीति घोटालामा आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेको हो ।

केजरीवाल आफ्नो राजनीतिक दल आम आदमी पार्टी (आप) का प्रमुख पनि हुन् । ठूलो संख्यामा पार्टीका कार्यकर्ता र समर्थकहरू ईडीको सोधपुछको विरोध गर्न उनको निवास बाहिर भेला भएका थिए ।

पछिल्ला दुई महिनामा, ईडीले केजरीवाललाई सोधपुछ गर्नका लागि बारम्बार बोलाएको थियो । उनीहरूको आग्रहलाई मुख्यमन्त्रीले बेवास्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =