समाजवादी मोर्चामा एमालेलाई सहभागी गराउने तयारी, मान्लान् ओली ?

काठमाडौं । नेकपा एमालेलाई पनि समाजवादी मोर्चामा सहभागी गराउने तयारी भएको छ ।
शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले पछिल्लो समीकरणपछि गठबन्धनमा रहेको एमालेलाई पनि मोर्चामा सहभागी गराउने विषयमा छलफल गरेको हो ।
बैठकले एमालेलाई मोर्चामा सहभागी गराउने छलफलको जिम्मा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।
मोर्चाको बैठक अघि बिहीवार संयोजक विप्लवले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गरेका थिए । बैठकले मोर्चा बाहेकका दललाई पनि समेट्नेबारे छलफल गरेको छ ।
बैठकले सरकारका कामलाई प्रभावकारी बनाउने, भ्रष्टाचारविरुद्ध कदम चाल्ने, सुशासनप्रति प्रतिवद्ध रहने, सहकारी र लघुवित्त पीडितको पक्षमा काम गर्नुपर्ने विषयलाई मुख्य प्राथमिकता राखेको छ ।
यस अघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा कम्युनिष्टको मोर्चा बनेको थियो ।








