आइसिसी अध्यक्षले भने– नेपाललाई धेरै खेल प्रदान गर्न तयार छौं

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले आफ्नो तीन दिने नेपाल भ्रमण निकै उपलब्धिमूलक रहेको धारणा व्यक्त गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा आइसिसीका अध्यक्ष बार्कलेले आफ्नो भ्रमणलाई उपलब्धिमुलक र धेरै सकरात्मक पक्षहरू भएको धारणा राखे ।

सो क्रममा बार्कलेले नेपाली खेलकुदका सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्री र प्रधानमन्त्रीसँगको भेटमा निकै राम्रो छलफल भएको समेत बताए ।

आइसिसी आफैँ पनि क्रिकेट खेललाई राम्रो विकास गर्नुपर्छ भन्ने उद्देश्य लिएकाले नेपाल भ्रमणमा भएका छलफलले धेरै फाइदा लिने बताए ।

नेपाललाई धेरैभन्दा धेरै खेलहरू प्रदान गर्दै सहयोग गर्न आइसिसी पनि तयार रहेको समेत उनको भनाइ छ । बार्कलेले बुधवार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गरेका थिए । उक्त भेटका बारेमा प्रष्ट्याउँदै बार्कलेले नेपालमा क्रिकेट खेल विकास गर्न नेपाल सरकार पनि तयार रहेको आफूलाई पाएको बताए ।

सरकार क्रिकेट संरचना र राष्ट्रिय टोलीमा मात्र युथ डेभलपमेन्टमा समेत सहयोग गर्न सकरात्मक हुनु राम्रो पक्ष रहेको बार्कलेको धारणा छ ।

उनले नेपालमा क्रिकेटको शृंखलाहरू प्रदान गर्नका लागि क्रिकेट संरचनाका न्युनतम मापण्डहरू पूरा हुनुपर्ने उल्लेख गरे ।

त्यो मापदण्ड पूरा भएमा अन्तर्राष्ट्रिय टोलीले पनि नेपालमा श्रृंखलाहरू खेल्ने बताए । उनले नेपाल न्युट्रेल भेन्युका रूपमा पनि प्रयोग हुनसक्ने विश्वास व्यक्त गरे ।

आइसिसीको पूर्ण सदस्य राष्ट्रको मान्यता प्राप्त गर्न केही मापदण्ड पूरा गर्नुपर्ने समेत उल्लेख गरे । आयरल्याण्ड जस्ता राष्ट्रले पनि सोही मापदण्ड पूरा गरेर पूर्ण सदस्य राष्ट्र बनेको धारणा राखे ।

क्यानका सचिव पारस खड्काले ठूलाठूला आइसिसीका प्रतियोगिताहरू आयोजना गर्न नेपाल तयार रहेको आइसिसीले जानकारी गराएको उल्लेख गर्दै सरकार पनि संरचना निर्माणमा सकरात्मक रहनु सुखद् पक्ष रहेको बताए ।

उनले क्रिकेटका ठूला राष्ट्रसँग नेपालको सहकार्य बढाउन पहल गर्ने आइसिसीका अध्यक्षबाट आशा व्यक्त भएको खुलासा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *