दीपक मनाङेलाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने

गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई नेकपा एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ।

गत आइतबार आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र कायम गरिदिन निवेदन दिएका मनाङे प्रदेशसभा सचिवालयमा निवेदन दिएर मन्त्री भएपछि उनलाई समाजवादीले स्पष्टीकरण सोध्ने भएको हो।

मनाङ ‘ख’बाट निर्विरोध निर्वाचित भएका मनाङे २०७९ मंसिर १९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए। मनाङे आफ्नो दलको सांसद रहेको भन्दै एकीकृत समाजवादीले प्रदेशसभा सचिवालयलाई अभिलेख राखिदिन पत्राचार गरेको थियो।

आइतबारसम्म एकीकृत समाजवादीको सांसदको हैसियतमा रहेका उनले निर्विरोध निर्वाचित भएका कारण आफू स्वतन्त्र नै रहन चाहेको मनसायसहितको निवेदन प्रदेशसभा सचिवालयमा दिएका थिए।

सचिवालयले कुनै निर्णय नगर्दै उनी मन्त्री भएपछि दलले कारबाही गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *