नेपाली क्रिकेटको विकासमा सघाउन आइसिसी तयार छ : आइसिसी अध्यक्ष

काठमाडौँ । नेपाल भ्रमणमा रहेका आइसिसी अध्यक्ष ग्रेग बार्कलेले नेपाली क्रिकेटको विकासमा सघाउन आइसिसी तयार रहेको बताएका छन् ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँगको कुराकानीमा उनले नेपालमा क्रिकेटको क्रेज लोभलाग्दो रहेको भन्दै सहयोग गर्न तयार रहेको बताए ।

उक्त भेटवार्तामा नेपालको क्रिकेट विकास तथा अभिवृद्धिबारे विशेष कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *