आयरल्यान्डसँग र भारतमा फ्रेन्डसिप खेल्ने नेपालको टोली घोषणा (सूचीसहित)

काठमाडौं । आयरल्यान्ड वुल्भ्स (ए) विरुद्धको सुरुआती दुई ट्वान्टी–२० खेल र भारतमा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

यसमध्ये बुधबार घोषणा भएको टिमले ट्वान्टी–२० शृंखलाको सुरुआती दुई खेल खेलेपछि गुजरात र बरोडासँगको एसएमएस मैत्रीपूर्ण कपका लागि भारत प्रस्थान गर्नेछ । नेपालले आयरल्यान्डसँगको ट्वान्टी–२० शृंखलाको पहिलो खेल मार्च २४ र दोस्रो खेल मार्च २५ मा खेल्नेछ ।

नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृंखला खेल्ने छ । नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । यसपछि नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्ने छ । शृंखलाको शीर्ष दुई टिम उपाधिका लागि अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेलहरू भारतको वापीमा हुनेछन् ।

नेपाली टिम :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *