बागलुङमा बस दुर्घटना : ७ जनाको मृत्यु, २० जनाभन्दा बढी घाइते
२०८० चैत ५ गते

रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।
घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
२०८० चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








