सार्कलाई विसर्जन गर्नका लागि बिमस्टेक बनाइयो : चित्रबहादुर केसी
२०८० चैत ५ गते

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताएका छन् ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गरेको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरिएको बताए । उनले दक्षिण एशियामा शक्तिशाली संगठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने बताए ।
उनले बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै ल्याइएको बताए ।
२०८० चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








