प्रभु महालक्ष्मी लाइफको ‘एमडिआरटि’ सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपाईँहरूको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधैँ साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ । एमडिआरटी जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरूलाई हार्दिक बधाई व्यक्त गरे ।

आगामी वर्षहरूमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरूको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले बताए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले योग्यहरूको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए ।

यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि ऊर्जा प्राप्त हुनेछ, यो ऊर्जाको आगामी वर्षमा परिणाम आउने विश्वास नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले व्यक्त गरे ।

उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरि रङ्गहरूका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो ।

सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले सहभागीहरूलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =