विराटनगर नर्स हत्या प्रकरण : आरोपित प्रेमी पनि मृत भेटिए

काठमाडौं । विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन् । स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् ।

नोबेल अस्पतालअगाडि एक होटलको कोठामा गएराति उनी झुण्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर-४ स्थित एक घरमा हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा बाथरुममा शव भेटिएको थियो ।

चन्द्रिकाको हत्यापछि फरार शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा शव भेटिएको एसपी कार्कीले बताए । ‘हामीले प्राविधिक रूपमा पनि अनुसन्धान गर्दै आएका थियौं । त्यही क्रममा आइतबार दिउँसो विराटनगरको कन्चनबारीतिर शिशवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्र्याक गर्दै खोजी गर्ने क्रममा होटलमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको हो,’ एसपी कार्कीले भने ।

शिवशंकर मृत भेटिएको होटल नर्स चन्द्रिकाको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । शिवशंकर र चिन्द्रिका चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।

उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिराहाका एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी अनुसन्धान बाट खुलेको छ । ‘चन्द्रिकाले प्रेममा धोका दिएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको रहेछन् ।’

शिवशंकर एक हप्ता अगाडि मात्रै मेलेसियाबाट फर्किएका थिए । उनी फागुन २७ गते काठमाडौं आइपुगेका थिए भने २९ गते विराटनगर आएका थिए । विराटनगर आएपछि उनी चन्द्रिकाको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *