कोका–कोलाले नेपालको लागि बनायो ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

काठमाडौँ । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ ।

शुक्रवार, चैत २ गतेका दिन बौद्ध, काठमाडौँस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको कम्पनीले जनाएको छ ।

कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । कम्पनीका अनुसार प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए ।

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भनिन् ‘कोका–कोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ । परिकारहरूको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौँ ।’

कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात् गर्न लगातार नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको छ । यो पहलले कोका–कोलाको र मोमोको फ्युजनलाई देशभरि आनन्द र खुसी फैलाउने उत्सव मनाउँछ । नेपाली जनताको मोमोप्रति अटुट स्नेह छ, र चिसो कोकको बोतलको साथ तातो–तातो मोमोको जोडीले हामीलाई मोहित गर्दछ ।

कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा, यो गिनिज वर्ल्ड रेकर्ड उपाधिले कोका–कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको छ । कोका–कोला नेपालको जीवन्त सामुदायिक भावना र समृद्ध सम्पदाको उत्थान गर्न प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 13 =