दीपेश पुनलाई भैरहवा लगियो, सहकारी ठगी मुद्दामा अनुसन्धान हुने
२०८० चैत २ गते

पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ।
रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।
उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।
रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोपमा अनुसन्धान गर्न लगिएको बताए।
उनी सुन तस्करीमा संलग्न भएको आरोप पनि छ । सोही आरोपमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ परेको थियो ।
२०८० चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








