माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रूप दिएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रूप दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगम रुपमा समृद्ध बनाइ अन्तिम रूप दिएको बताए ।

उनले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताए ।

उनले भने ‘दुई वटा एजेण्डा मात्रै थिए । एउटा विधान सम्बन्धी नै हो । मूलभूत रुपमा विधान अधिवेशनले पास गरेको मूल स्पिरिट त पहिल्यै पास भएको छँदै थियो, अहिले हामीले व्यापक, वृहंगम रुपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल गयौँ, छलफलले परिपूर्ण र समृद्ध भएको छ । आज त्यो फाइनल भएको छ । राष्ट्रिय सभामा हाम्रो पार्टीको तर्फबाट अध्यक्षमा निर्वाचित नारायण दाहालले राजीनामा दिनुभएको थियो, त्यो स्वीकृत गरेका छौँ ।’

उनले बैठकले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टी सदस्यताबाट दिएको राजीनामा स्वीकृत गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =