रवि लामिछानेको राजीनामा माग्दै कांग्रेसले गर्‍यो संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ ।

सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव पेश गर्न समय दिएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उभिएर बिरोध जनाएको हो ।

काँग्रेसले बिरोध जनाएपछि सभामुख घिमिरेले काँग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए ।

त्यसपछि बैठकमा बोल्दै सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारी पीडक भएको भन्दै गृहमन्त्रीमाथिको प्रश्नका बारेमा प्रधानमन्त्रीको जवाफ माग गरे ।

त्यसपछि सभामुखले आसन ग्रहणका लागि काँग्रेस सांसदहरुलाई आग्रह गर्दा पनि सांसदहरुले विरोध जारी राखेका थिएन ।

त्यसपछि नियमापत्ति गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सभालाई अगाडी बढाउने सांसदहरुको पनि दायित्व भएको भन्दै सभा सञ्चालन गर्न दिन आग्रह गरे ।

बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + two =