रोल्पामा सुनखानी छ, उत्खनन गरौं : ईश्वरी घर्ती (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)की सांसद ईश्वरी घर्तीले रोल्पाको सुनखानी उत्खनन गर्न सरकारलाई आग्रह गरेकी छन् शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यहाँ दुई सुनखानी रहेको बताइन् ।

‘धेरै मान्छेले भन्नुहुन्छ– रोल्पामा सुनखानी छ रे, हो ? मैले भन्ने गर्छु– हो, रोल्पामा सुनखानी छ । दुईवटा सुनखानी दर्ता भएका छन्,’उनले भनिन्, ‘पहिला रोल्पालीहरूले त्यहीँको सुन चालेर प्रयोग गर्थे ।’

सरकारले उत्खनन नगर्दा सुनखानी अलपत्र परेको उनको भनाइ छ । त्यहाँबाट उत्खनन गर्न सके बाहिरबाट अवैध रूपमा आयात भइरहेको सुन रोकिने उनले उल्लेख गरिन् ।

‘सरकारले त्यसको उत्खनन नगर्दा ती सुनखानीहरू अलपत्रजस्तै छन् । त्यसैले सुनछहरी, गामखोला, थगामखोलामा रहेका सुनखानी राज्यले तत्काल उत्खननको प्रक्रिया अगाडि बढाओस्,’उनले भनिन्, ‘बाहिरबाट अवैध रूपमा आयात भइरहेको सुन रोकियोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =