सिन्धुलीस्थित नेपाल टेलिकमको टावरमा विस्फोट

काठमाडौं । सिन्धुलीमा प्रेसरकुकर बम विस्फोट भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट गराइएको हो ।

विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए । ‘बिहान करिब ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले हामीलाई खबर गरेका थिए,’ उनले भने, ‘प्रहरीको टोली घटनास्थल पुगेर प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गरेको छ ।’

विस्फोट कसले गराएको भन्ने पुष्टि नभए पनि घटना स्थलमा पिपुल विब्रेसन आर्मी लेखेको जनमुक्ती सेना लेखेको पर्चा भेटिएको छ । विस्फोटस्थलमा दुईवटा पेट्रोलको गन्ध आउने बोतल फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्नको खोजिकार्य सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *