पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ गम्भीर घाइते
२०८० फागुन ३० गते

एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान सहरमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपत्कालीन अधिकारी कलीम उल्लाहकाअनुसार सहरको हरम गेट क्षेत्र नजिकै तीन तले भवन भत्किएको थियो ।
भग्नावशेषमुनि कुल ११ जना फसेको बताइएको छ । घाइते सबैलाई स्थानीय अस्पतालमा लगिएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना रहेको बताइएको छ ।
२०८० फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








