न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको बताए । उनले न्यूनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने बताए ।

उनले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने बताए । उनले पुनः गठनसँगै पुँजीबजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको बताए । उनले मिटरब्याजी पीडितसँग सहमति भएको र आरती शाहसँग सम्बन्धित समस्या पनि टुङ्गिएको बताए ।

उनले भने ‘राष्ट्रिय समस्याको समाधानका लागि पनि हामी एक ठाउँमा उभिनैपर्छ । सरकार गठनमा सहभागी दलहरूले न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ । आज बेलुकासम्ममा सार्वजनिक पनि हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछ । राजश्वको लक्ष्य पूरा गर्न, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रम ल्याउनेछ । सरकार पुनः गठनसँगै पुँजीबजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको छ । सोमवार मात्रै मिटरब्याजी पीडितसँग सहमति भएको छ । १० महिनादेखि लट्किएको आरती शाहसँग सम्बन्धित समस्या पनि टुङ्गिएको छ ।’

प्रधानमन्त्री दाहालले रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारको मुख्य काम रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =