बार्सिलोना र आर्सनल च्याम्पियन्स लिगको अन्तिम ८ मा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब आर्सनल युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेका छन्‌ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४-२ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बार्सिलोनाको जितमा फेर्मिन लोपेज, जोआओ क्यान्सेलो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यसैगरी नापोलीका लागि एक गोल अमिर रहामानीले गरेका थिए । बार्सिलोना र नापोली पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए ।

अर्को खेलमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

यसअघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १-० ले विजयी भएको आधारमा नतिजा १-१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो । अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

योसँगै अहिलेसम्म बार्सिलोना र आर्सनलसहित पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =