महाशिवरात्रि मनाउन आएका साधुसन्तको दक्षिणासहित बिदाइ (तस्बिरहरू)

काठमाडौँ । महाशिवरात्रि पर्व २०८० का लागि पशुपतिनाथ आएका साधुसन्त तथा जोगीहरूलाई आज बिदाइ गरिएको छ ।

आइतबार ६ हजारभन्दा बढी साधुसन्तको एकैचोटि बिदाइ गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भारतलगायत विभिन्न देशबाट महाशिवरात्रिका लागि आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *