बिहेबाट घर फर्कँदै गरेका २८ वर्षीय युवकको भिरबाट लडेर मृत्यु
२०८० फागुन २६ गते

सांकेतिक तस्बिर
काठमाडौं । काभ्रेको महाभारतमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । महाभारत गाउँपालिका ३ अग्रेटा बस्ने २८ वर्षीय क्षितिज मोक्तानको भिरबाट लडेर मृत्यु भएको हो ।
मोक्तानको फागुन २४ गते आफन्तको विवाहमा सहभागी भएर २५ गते घर फर्किँदै गर्दा महाभारत ४ ठाडेस्थित गोरेटो बाटोको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गोरेटो बाटोबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा शुक्रबार उनको शव फेला परेको हो ।
घाँस काट्न गएका स्थानीयले मोक्तानको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्ट मार्टमको लागि अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
२०८० फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








