सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नागरिक उन्मुक्तिका ३ मन्त्री थप

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री शाहले केन्द्रमा नयाँ समीकरण बनेलगत्तै माओवादी र नेकपा एसका मन्त्री हटाएका थिए।

नागरिक उन्मुक्ति पार्टीका तीनजनालाई मन्त्री नियुक्त गरेका छन्।

संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ।

उनीहरूलाई प्रदेश प्रमुख देवराज जोशीले राति नै पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *