सुन तस्करीका नाइके दावालाई नागरिकता दिने अधिकृत अर्याल पक्राउ

काठमाडौं । चनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरेको हो ।

उनि हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् छन् ।

अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्‍याएको आरोप छ ।

दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नासु अर्याल सहित तत्कालीन अधिकृत झपेन्द्रराज खरेलले वंशजको नागरिकता दिलाएका थिए ।

अर्याल चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा नासु पदमा कार्यरत थिए ।

उक्त घटनामा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =