कांग्रेसले बेइमानको ‘ट्याग’ दिएपछि पचण्डले भने– अर्कोसँग जाने बित्तिकै बेइमान हुँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राजनीतिक बेइमानी नगरेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भन्दै त्यसको खण्डन गरेका छन् ।
उनले आफूले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको बताए ।
उनले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने बताए ।
उनले आफुसँग हुँदा इमान हुने र अर्को सँग हुँदा जाने बित्तिकै बेइमान नहुने भन्दै यो विषय राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने बताए ।
उनले संसदमा भएका दलहरुका बीचमा अविश्वास, आशंका र घृणा नगरी राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नुपर्ने बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने चुनौती रोज्नु आफुप्रतिको जिम्मेवारी ठानेको बताए ।








