एमालेलाई रामहरिको कटाक्ष– हराएको प्रधानमन्त्री भेटिएकोमा बधाई !
२०८० फागुन २४ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले संसदमा एमालेलक्षित कटाक्ष गरेका छन् ।
उनले हराएको प्रधानमन्त्री भेटिएको बताउँदै कटाक्ष गरेका हुन् ।
संसदको शून्य समयमा बोल्दै उनले हराएको प्रधानमन्त्री भेट्ने अवसर पाएकोमा बधाई दिए ।
‘सभामुख महोदय, सर्वप्रथम हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटेको हार्दिक बधाई दिन चाहन्छु’ उनले भने ‘अब सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितहरूले न्याय पाउन, सरकारी ठगहरूले कारबाही पाउन । उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ, अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर प्राप्त होस शुभकामना ।’
२०८० फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








