मन्त्रालय भागबन्डा : नारायणकाजी परराष्ट्रमन्त्री, अर्थमा वर्षमान पुन

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्रालय भागबन्डा सहमति भएको छ ।

बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन् ।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नेछन् ।

उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएको छ ।

नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको बताइएको छ ।

रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ ।

सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन् ।

शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन् ।

गत सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =