१५ वर्षीया किशोरी हत्या प्रकरणमा एक शंकास्पद व्यक्ति पक्राउ

काठमाडौँ । प्रहरीले मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ परेको छ ।

शंकास्ष्द देखिएका उक्त व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, मोरङले नियन्त्रणमा लिएको हो । बारा घर भएका उक्त व्यक्तिलाई केही विषयमा थप अनुसन्धान गर्ने क्रम जारी रहेको भन्दै प्रहरी स्रोतले जनाएको छ । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

उनी यसअघि पनि एउटा घटनामा पक्राउ परिसकेको स्रोतले दाबी गरेको छ । त्यही विषयसँग हत्याको कारण जोडिएको हुनसक्ने आशंका छ ।

पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार ती किशोरी फूपुको छोराको घरमा बस्दै आएकी थिइन् ।

घर पसिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको छ ।

आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए । उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन् ।

उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ की विद्यार्थी हुन् । किशोरी मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । घरका मानिस एवं आसपास छिमेकका मानिससँग सोधपुछ गर्ने र शंकास्पद व्यक्तिको निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =