गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

काठमाडौं । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

पाण्डे कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको प्रतिक्रिया दिए । ‘गण्डकी सरकारमा दुई वटा पार्टी सरकारमा थिए । माओवादीका मन्त्रीलाई हटाएका हौँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘माथि जे भएको यहाँ पनि त्यति गरेको हो । प्रचण्डले परिवर्तन गर्नुभयो, यहाँ मुख्यमन्त्रीले परिवर्तन गर्नुभयो ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कांग्रेससँग गठबन्धन तोड्दै नेकपा एमाले र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए । नयाँ गठबन्धनले संघीय र प्रदेश सरकारहरूमा पनि आलोपालो सरकार चलाउने सहमति गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *