छुट्टाछुट्टै स्थानमा ९ जना मृत फेला

काठमाडौँ । नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका–६ नयाँ बाटोस्थित जंगलमा भारत उत्तर प्रदेश बस्ने ३५ वर्षीय अनिल कुमार सिंह गएराति मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–१४ अईचावल बस्ने ४६ वर्षीय खडानन्द चौधरी सोही ठाउँ बस्ने खेमराज चौधरीको गोठ अगाडि खाटमा गएराति मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै लमजुङ, दुधपोखरी गाउँपालिका–१ ड्याम स्वारास्थित कुम बहादुर सार्कीको घरमा बस्दै आएका नुवाकोट बेलकोट गढी नगरपालिका–१२ घर भएका ४८ वर्षीय राम कुमार पुडासैनी पिढिको खाटमा गएराति मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, चुमनुर्ब्री गाउँपालिका–२ लिही बस्ने ५१ वर्षीय कर्म छेवाङ सोही गाउँपालिका–४ प्रोकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, दोगडाकेदार गाउँपालिका–१ रिम बस्ने ३७ वर्षीय बिर सिह कुँवर सुर्नया गाउँपालिका–२ सतबाँज चौराहस्थित सडक किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, लमही नगरपालिका–२ बरूवागाउँ बस्ने २८ वर्षीय नयन चौधरी सोही ठाउँस्थित बगरकुलोको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौँ महानगरपालिका–६ नयाँबस्तीस्थित चौरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर, मध्यपुरठिमी नगरपालिका–९ राधेराधेस्थित हनुमन्ते खोलामा ईलाम, ईलाम नगरपालिका–३ घर भई काठमाडौं तिनकुने बस्ने २६ वर्षीय छत्र थापा बा. ८६ प ९७३० नम्बरको स्कुटरसहित सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =