जिफन्टले मार्च ४ लाई मजदुरहरूको महान चाडको रूपमा मनाउने

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ लाई मजदुरहरूको महान चाडको रूपमा मनाउने भएको छ ।

आईतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरूको महान चाडका रूपमा मनाउने घोषणा गरे ।

महासंघले फागुन २१ गते आन्दोलनको ७७ औँ वार्षिकोत्सव मनाउने बताएको छ । कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नहुने महासंघले जनाएको छ ।

सो अवसरमा जिफन्टले ‘चुनौतिसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ । फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरूसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धि, चुनौती र सम्भावनाहरूको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =