उधारो नदिएको भन्दै पसल साहुमाथि कुटपिट

काठमाडौं । धादिङमा सामान उधारो नदिएको भन्दै युवाहरूले एक पसल सञ्चालकलाई कुटपिट गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ पानीट्यांकीस्थित किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डे र उनका ३२ वर्षीय छोरा सन्तोष पाण्डेलाई युवाहरूले कुटपिट गरेर घाइते बनाएका हुन् ।

उनीहरूमाथि स्थानीय २१ वर्षीय प्रकाश कुमाल, ३२ वर्षीय सुवास कुमाल र २४ वर्षीय गोरे कुमालले कुटपिट गरेर घाइते बनाएका प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका बाबुछोरालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पठाइएको छ ।

टाउकोमा चोट लागेका दुवैजनाको उपचारपछि घर फर्किएका छन् ।

कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =