भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोह

नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताएका छन् ।

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेतृत्वले जनताको शक्ति चिनेको बेलामा नै देशले साँच्चिकै मुहार फेर्ने बताए । उनले भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिवद्ध र प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘यसो हेर्दा यो मञ्च धेरै नै शक्तिशाली लागेको होला । किनभने यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु सबै हुनुहुन्छ । तर यहाँको शक्तिले जब त्यहाँको शक्तिलाई चिन्छ बल्ल देशले मुहार फेर्छ । म यतिमात्र भन्न चाहन्छु । भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिवद्ध र प्रतिबद्ध छु । भएका राम्रा चिजको प्रशंसा गरेको छु ।’

सभापति लामिछानेले भरतपुर भ्रमण सफल पार्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *