सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको छ : पूर्णबहादुर खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा उनले सो जानकारी गराएका हुन् । उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्नका लागि सरोकारवालाहरूसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रूप लिन संसदको चालु अधिवेशनमै पेश गर्न लागिएको बताए ।

उनले भने, ‘सैनिक ऐन २०६३ संशोधनको लागि गृहकार्य भइरहेको जानकारी गराउन चाहन्छु । सम्बन्धित सरोकारवालाहरूसँग छलफल भई संशोधनको मस्यौदालाई अन्तिम रूप दिन यथाशाक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिएको व्यहोरा पनि म माननीय सदस्यहरुज्युहरुलाई जानकारी गराउन चाहन्छु । ’

उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । सेना, सरकार र अदालत सबै नागरिकका साझा सम्पत्ति भएकाले त्यसमा रहेका कर्मी हटाउनका लागि मर्यादित र रचनात्मक सहयोगको अपेक्षा पनि सरकारले गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =