दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ । ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन–२०८०’ राष्ट्रिय सभामा पेश गरिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा सो प्रतिवेदन पेश गरेका हुन् । उनले सरकार र सरकारी निकायले दिगो विकास लक्ष्य हासिल हुनेगरी कार्य सम्पादन गर्न सकुन् भन्ने मुख्य उद्देश्यका साथ सो प्रतिवेदन तयार गरी सभासमक्ष पेश गरिएको पनि बताए ।

प्रतिवेदनमा सरकार र मातहतका निकायहरूले दिगो विकास लक्ष्य हासिल हुने गरी पछाडि पारिएका दलितलगायतका समुदायको उत्थानमा लागि ठोस कदम चाल्न नसकेको औँल्याइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *