निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक छ : महानिर्देशक अधिकारी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सरकारले निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक रहेको बताएका छन् ।

बिहीवार वायुसेवा सञ्चालक संघ नेपालको २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएपनि जहाजको कमी रहेको उल्लेख गरे ।

उनले जहाज कम हुँदा बनाएका विमानस्थलहरू पनि घाँसे मैदानको रूपमा परिणत भएको दाबी गरे । महानिर्देशक अधिकारीले हवाई उडानको लागि पूर्वाधार बनाउने भन्दा पनि पर्याप्त जहाज आवश्यक रहेको बताए । उनले बजेटमार्फत जहाज खरिदमा सरकारले लगाएको भ्याटको कारण तत्काल जहाज थप गर्ने वातावरण समेत नभएको भन्दै जहाज खरिदमा सहुलियत आवश्यक रहेको औँल्याए ।

महानिर्देशन अधिकारीले सरकारले निजी क्षेत्रलाई जहाज खरिदमा सहुलियत दिएन आवश्यक देखिएको बताए । उनले प्राधिकरणले पछिल्लो समय मुलुकभित्रका आन्तरिक उडानलाई थप सुरक्षित बनाउने गरी काम गरिरहेको बताए । उनले हवाई कम्पनीहरूले विमानस्थलमा आवश्यक सेवा सुविधा माग गरे प्राधिकरणले तत्काल गर्न सक्षम रहेको बताए । उनले हवाई कम्पनीहरूले दुईवटा भन्दा बढी माग केही नगरेको भन्दै क्रेटिभ भएर सेवा सुविधा हवाई कम्पनीले माग गर्नु आवश्यक रहेको बताए ।

उनले भने, ‘हवाई उडानको लागि विमानस्थल मात्रै भएर हुँदैन । पर्याप्त मात्रामा जहाज हुनुपर्छ । निजी क्षेत्रले स्टलका जहाजहरू कठिनाई देखिएको छ । सरकारले बजेटमा भ्याट लगायो । यसलाई सहज बनाउनुपर्ने आवाज सधैँ उठाएको छु । हवाई इन्धनमा पनि ३० रुपैयाँ कम गर्न सफल भएका छौँ । स्टोललाई कसरी बचाउने भन्ने विषयमा लागिरहेका छौँ । सरकारले भ्याट राख्नुभएन । जहाजहरू खरिद गरेर ल्याउन सहुलियत दिनुपर्छ । बिस्तारै सकिँदै गएको छ । त्यहाँ पनि प्राधिकरणले सहजिकरण गरिरहेको छ । नेपाल भित्रका हवाई रुटहरूलाई थप सुरक्षित बनाउन लागि रहेका छौँ । जोमसोम रुटमा आविस्कार केन्द्रसँग मिलेर सिसि क्यामराले अभर गरेको अवस्था छ । लुक्ला रुट कभर छ । सिसिकोट रुट काम भइरहेको छ । प्राधिकरणले हवाई कम्पनीहरूलाई विमानस्थहरुमा के सुविधा चाहियो आएर भन्नुपर्‍यो । प्राधिकरण गर्न सक्षम छ । तराईका विमास्थलमाहरुमा इलेक्टोनिक इलेक्टिसिटीको चार्जिङ बनाउन माग गर्नुभएको काम प्राधिकरण गरिदिएका छौँ । म त के भन्छु भने कम्पनीहरूलाई के चाहिन्छ । प्राधिकरणलाई थाहा हुनुपर्‍यो । प्राधिकरण के चाहिन्छ भन्दा अहिलेसम्म दुई वटा कुरा मात्रै माग भएको छ । प्राधिकरण हवाई कम्पनीहरूसँग सेवा शुल्क मात्रै पनि लिएका छैनौं । प्राधिकरणले गर्नुपर्ने के हो हामी गरिदिन्छौं ।’

महानिर्देशक अधिकारीले प्राधिकरण हवाई कम्पनीहरूसँग सेवा शुल्क लिने मात्रै भन्दा पनि कम्पनीहरूले माग गरेका सेवा सुविधा दिन सक्षम रहेको बताए । अहिले मुलुकभर रहेका ५५ विमानस्थलमध्ये ३४ वटा सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये पनि दुई दर्जन विमानस्थलमा नियमित उडान हुने गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *