सुरुवातमै नेपालीलाई झट्का, आसिफ १ रनमा आउट

काठमाडौं । जारी  टी-२० क्रिकेट सिरिजमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका आसिफ शेख आउट भएका हुन् ।

उनलाई नामिबियाका बेन शिकोन्गोले १ रनमा आउट गरे । अहिले अनिल साह र कप्तान रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन् ।

टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *