नेपालले टस हार्‍यो, नामिबियाविरुद्ध पायो ब्याटिङको निम्तो (प्लेइङ-११)

काठमाडौं । जारी टी-२० क्रिकेट सिरिजमा नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख टोलीमा आएका छन् । सिरिजको फाइनलमा पुग्नका लागि नेपालले यो खेलमा जित हासिल गर्नु आवश्यक छ । सिरिजमा नेपाल आफ्नो पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा नामिबिया र दोस्रोमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

नेपालको टोली 
आसिफ शेख, रोहित पौडेल (कप्तान) , कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख

नामिबियाको टोली
मलान क्रुगर, माइकल भान लिंगेन, जेपी कोट्जे, जान फ्रिलिंक, जेजे स्मिट, जान निकोल लोफ्ट इटन, जेन ग्रीन, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज, पिटर ब्लिगनट, बेन शिकोंगो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *