पश्चिमी वायु पुनः सक्रिय (तीन दिनको मौसम पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली (पश्चिमी वायु) थप सक्रिय हुँदा वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

तीन दिनको मौसम अनुमान :-

फागुन १८ गते (शुक्रबार)
दिउँसो: सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

फागुन १९ गते (शनिबार)
दिउँसो: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति: देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको तराई र कोसी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

फागुन २० गते (आइतबार)
दिउँसो: देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश सहित कोसी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र मधेस प्रदेशका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति: देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का पर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *